शिवसताक्षी । झापा शिवसताक्षी दुधेको श्री खुद्रा बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार दूधेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको सभाहलमा १९ औ साधारण सभा सम्पन्न भएको हो ।
संस्थाले स्थापनादेखि १९ औं वर्ष पुरा गर्दा शेयर रकम १ करोड ९० लाख ९९ हजार पुगेको छ । संस्थाको जगेडा कोषमा १ करोड १६ लाख, ७३ हजार ४६२, कर्जा नोक्सानी व्यवस्था कोषमा २९ लाख ४८ हजार ३२०, र अन्यकोषमा १० लाख ८० हजार ८६० रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । संस्थाको आ.व. २०८१÷०८२ मा १४ लाख ४१ हजार १४६ खुद नाफा रहेको छ ।
साधारण सभामा संस्थाले विभिन्न विधामा १२ जना सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाका सदस्यहरुका छोरा छोरी मध्येबाट सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई प्रशंसा पत्र प्रदान गरिएको हो । जसमा रिशव अधिकारी, विनिता दाहाल, नन्दिप दाहाल र दिक्षण तामाङ रहेका छन् ।

त्यस्तै संस्थाका ज्यष्ठ सदस्यहरु दिननाथ गौतम, नरपति पाठक, चन्द्रमाया खेवा र दमयन्ती दवाडीलाई सम्मान गरिएको संस्थाका अध्यक्ष नारायणप्रसाद बजगाईले जानकारी दिए ।
साधारण सभामा संस्थामा असल कारोबार गर्ने ४ जना सदस्यहरुलाई समेत सम्मान गरिएको छ । असल बचतकर्ताको रुपमा रामचन्द्र भण्डारी, कृष्णकुमारी थापा मगर र असल ऋणीको रुपमा रेनुका खतिवडा र लालकुमार लिम्बुलाई सम्मान पत्र प्रदान गरिएको थियो । उनीहरुलाई संस्थाका अध्यक्ष र कार्यक्रमका प्रमुख अतिथि उमानाथ दाहालले सम्मान प्रदान प्रदान गरेका थिए ।
साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन अध्यक्ष नारायण प्रसाद बजगाईँले प्रस्तुत गरेका थिए, भने लेखा सुपरीवेक्षणको प्रतिवेदन का.वा. संयोजक बालकृष्ण बुढाथोकीले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका लेखापाल लोकेश खनालले गरेका थिए ।













