काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शनिबार आगलागी भएको छ ।

खानेपानी मन्त्रालयको तेस्रो तलामा आगलागी भएको हो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।

आगलागीबाट कुनै महत्वपूर्ण कागजात जल्न नपाएको मन्त्री यादवले बताएका छन्। बिहान अकास्मात मन्त्रीको कार्यकक्षमा आगो लागेको र अहिले आगो नियन्त्रणमा लिइसकेको बताइएको छ।

खानेपानी मन्त्रालयमा मन्त्रीको कार्यकक्षमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन।

सिसिक्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0