शिवसताक्षी । नेपाल तामाङ्ग घेदुङ शिवसताक्षीले राष्ट्रिय टिमका महिला फुटबल खेलाडीहरुलाई सम्मान गरेको छ ।

एलभिडी झापा महिला गोल्डकपमा फाइनल खेल्ने नेपाल पुलिस क्लब र एपिएफका ५ खेलाडीलाई सम्मान गरिएको हो । गोल्डकप विजेता नेपाल पुलिस क्लबका सरु वाइवा र उपविजेता एपिएफ क्लबका निशा थोकर, रश्मी घिसिङ, सजनी थोकर र टिम मेजेर अनु लामालाई सम्मान गरिएको नेपाल तामाङ्ग घेदुङ शिवसताक्षीका सदस्य लासाङ तामाङले जानकारी दिए ।

तामाङ समुदायबाट प्रतिनितित्व गर्दै खेल क्षेत्रमा लागेर राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन सफल भएकाले खेलाडीहरुलाई जनही ५ हजार र सम्मान पत्र प्रदान गरिएको नेपाल तामाङ्ग घेदुङ शिवसताक्षीका सचिव मोहन तामाङ्गले जानकारी दिए ।

एपिएफका खेलाडीलाई दोमुखा र नेपाल पुलिस क्लबका खेलाडीलाई झिलझिले स्थित वाटरकिङडम पार्कमा सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ शिवसताक्षीका उपाध्यक्ष पेमा तामाङ, सचिव मोहन तामाङ्ग, कोषाध्यक्ष छिरिङ्ग तामाङ्ग लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0