कनकाई । कनकाईमा जारी झापा जिल्ला पालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताको सातौं संस्करण “कनकाई कप २०८१” को तेस्रो दिनको खेलमा बुद्धशान्तिलाई सडन डेथबाट पाखा लगाउदै शिवसताक्षी क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको प्रायोजनमा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको तेस्रो दिन आईतवार शिवसताक्षी नगरपालिका र बुद्ध शान्ति गाउँपालिका बीच भएको खेलमा शिवसताक्षीले बुद्ध शान्तिलाई सडन डेथमा पराजित गरेको हो ।

खेल अबधि भर दुबै तर्फबाट २– २ गोलको बराबरी भए पछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा समेत ४–४ गोलको बराबरी भएपछि सडन डेथमा गएको खेलमा शिवसताक्षी विजयी हुदै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा बुद्धशान्तिका खेलाडी सागर रसाईलीले खेलको १६ औं मिनटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको लगत्तै खेलको १८ मिनटमा उनै खेलाडीले २ मिनटको अन्तरमा गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा कुनै पनि गोल गर्न नसकेको शिवसताक्षी खेलको दोस्रो हाफ सुरु भएको दोस्रो मिनटमै रजिन माझीले गरेको गोलबाट लयमा फर्कीएको थियोे । त्यस्तै खेलको दोस्रो हाफको १३ मिनटमा शिवसताक्षीका खेलाडी हेमन लिम्बूले गोल गर्दै खेललाई बराबरी गरेका थिए । निर्धारित समयमा दुबै तर्फबाट थप गोल नहँुदा खेल सडन डेथसम्म धकेलिएको थियोे ।

खेलको म्यानअफ दी म्याच बिजेता टिमका गोल किपर सन्दिप लिम्बू घोषित भए । उनले म्यानअफ दी म्याचको मेडल र नगद २ हजार एकसय रुपैयाँ प्राप्त गरे । इमान्सी निर्माण सेवाका संचालक युवा समाजसेवी रमेश खरेलले सौजन्य गरेको म्यान अफ दी म्याचको नगद पुरस्कार रमेशका पिता सामाजिक व्यक्तित्व देवीप्रसाद खरेलले प्रदान गरेका थिए ।

झापा जिल्लाका १५ पालिका मध्ये १२ पालिकाको सहभागिता रहेको प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया पाउने आयोजक समितिका अध्यक्ष छवि थपलियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0