शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखामा सताक्षीधाम साहित्य संगमले कविता वाचन तथा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा दमक, विर्तामोड, सुरुङ्गा र शिवसताक्षीका साहित्य श्रष्ठाहरुले कविता, गजल र गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नंं. १० का वडा सदस्य दिपक पोख्रेलले समाज देशका लागि साहित्य अन्तर्गत कथा, कविता, गजलले समाजमा रहेका धेरै कुराहरुलाई उजागर गर्ने बताए । उनले समाज रुपान्तरण र समाजलाई सही दिशा निर्देश गर्ने साहित्यिक कार्यक्रमलाई वडाले पनि आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा साहित्यकार तुलसी प्रसाद भट्टराई, गोपाल दाहाल, दुर्गा सिग्देल,अशोक तिवारी, लेखनाथ भट्टराई योन्देन सुनुवार लगायत १५ जनाले श्रष्टाहरुले गजल तथा कविता बाचन गरेका थिए ।

त्यस्तै रोहित लिम्बु, यदुनाथ दाहाल, सरोज भट्टराई र विराज विश्वकर्मा, रत्नमी मिश्रले गीत प्रस्तुत गरेको सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालले जानकारी दिए । अध्यक्ष दाहालले अतिथिहरुलाई आफुले रचना गरेको कविता संग्रह प्रदान गरेको थिए । साथै उनले कार्यक्रममा सहभागी अतिथिहरुलाई धन्यवाद ज्ञपान गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव यादवप्रसाद घिमिरेले गरेका थिए भने, कार्यक्रमको स्वागत लोकमणी गौतमले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0