मञ्जिल नेपाल

शिवसताक्षी ।  झापाको दूधे बजारमा सार्वजनिक शौचालय निर्माणको काम सुरु भएको छ । वर्षौ पछि दूधेबजारमा शौचालय बन्न सुरु भएको हो । आज शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, वडाध्यक्ष बहादुर आङ्गबो र लक्ष्मीप्रसाद चेम्जोङ्गले शिल्यान्यस गरेर सार्वजनिक शौचालय निर्माण कार्यको थालनी गरिएको दूधे बजार व्यवस्थापन समितिले जनाएको छ।

बजारमा बर्षौ देखि सार्वजनिक शौचालय नहुँदा बजार भर्न आउने ग्राहक तथा व्यवसायीहरुले शौचालय अभावको समस्या भोग्दै आएका थिए । विभिन्न समयमा शौचालय निर्माण गर्ने जमर्को गरे पनि शौचालय निर्माण गर्ने जग्गा उपलब्ध नभएपछि दूधे बजारमा शौचालय बन्न सकेको थिएन ।

शौचालय निर्माणका लागि शिवसताक्षी नगरपालिकाले १० लाख बजेट विनियोजन गर्ने नगरप्रमुख थोप्राले जानकारी दिए । उनले लामो समयपछि दूधे बजारमा शौचालयको समस्या हट्ने भएको बताए । समय समय शौचालय निर्माणको कुरा उठ्ने गरेको भएपनि निर्माण गर्न बजारको जग्गा भोगाधिकार सुनिश्चित नहुँदा सकिएको थिएन । उनले भने, बजारमा टहरा, पार्केटिङ टायल लगाउने काम सकिएको छ र अब शौचालयको काम पनि सुरु भएपछि बजारका समस्याहरु समाधान हुँदै गएका छन् ।

शौचालय मात्र नभई शौचालय सँगै जोडिए व्यापारिक सटहर पनि निर्माण हुने दुधे बजार व्यवस्थापन समितिका अध्यक्ष सन्तोष थोप्राले बताए । शौचालय र नहुनका लागि सविधा सम्पन्न बाथरुम समेत निर्माण गरिने छ ।उनले भने, यहाँ ५ ओटा व्यापारिक सटहर समेत निर्माण हुनेछन् । शौचालय र सटहर निर्माणमा ४० लाख लाग्ने स्टमेन्ट रहेको छ । बजार विकास समितिले नगरपालिका, व्यापारीहरुको सहयोग र अन्य दाताहरुको सहयोगबाट व्यापारिक सटहरसहितको शौचालय निर्माण गरिने अध्यक्ष थोप्राको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0