झापा । झापाका पत्रकार सुदिप अधिकारी सम्मानित भएका छन्। निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) दमकले शनिबार नगदसहित उनलाई सम्मान गरेको हो।
प्याब्सन दमकको आयोजनामा सम्पन्न पालिका–स्तरीय सांस्कृतिक, नृत्य तथा गायन प्रतियोगिताको समापन समारोहमा हिमशिखर टेलिभिजनका समाचार प्रमुखसमेत रहेका अधिकारीलाई सम्मान गरिएको थियो। उक्त अवसरमा अधिकारीसँगै अन्य दुई व्यक्तिलाई पनि सम्मान गरिएको छ।

सम्मानित हुनेहरूमा जनप्रतिनिधितर्फ दमक नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कुबेरप्रसाद भट्टराई र शैक्षिक क्षेत्रतर्फ शैक्षिक व्यक्तित्व जनार्दन मैनाली रहेका छन्। उनीहरूलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको आयोजकले जनाएको छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) दमकद्वारा आयोजना गरिएको पालिका–स्तरीय सांस्कृतिक कार्यक्रम, नृत्य तथा गायन प्रतियोगिता शुक्रबारदेखि दमकमा सञ्चालन भएको थियो। प्रतियोगितामा विभिन्न निजी तथा आवासीय विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।












