शिवसताक्षी । झापाको शिवसताक्षी १ फुलबारी चौक स्थित एक घरमा आगलागी हुँदा १३ लाख बराबरको क्षति भएको छ ।

आज विहान १०ः४५ बजे स्थानीय टंकप्रसाद गड्तौलाको घरमा आगलागी भएको हो । आगलागीबाट धान, चामल,लत्ताकपडालगायत सम्पूर्ण सामानहरु नष्ट भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

मिनी साइजको काठको घरमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगो शिवसताक्षी नगरपालिकाको दमकल र स्थानीय बासी, प्रहरीले नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
1
+1
0