विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेशको दोस्रो प्रदेश अधिवेशन बुधबार सम्पन्न भएको छ ।

अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट अध्यक्षमा सुमन पुरी सर्वसम्मत भएका छन्।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेको अधिवेशनले उपाध्यक्षमा युवराज विवश र महिला उपाध्यक्षमा ज्योति चौहानलाई चुनेको छ । त्यस्तै महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित भए ।

प्रदेश कमिटीको सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र लक्ष्मी उप्रेती निर्वाचित भएको केन्द्रीय सदस्य गोपाल काफ्लेले हलसमक्ष घोषणा गरे । अधिवेशनमा आयोजक र प्रतिनिधि गरी १५६ जनाको सहभागिता रहेको थियो ।

अधिवेशनमा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, महासचिव हिरामान लामा लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0