शिवसताक्षी । नेपाल विमा प्राधिकरण कोशी प्रदेशले शिवसताक्षी नगरपालिकासँग विमा सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको छ ।
आज शिवसताक्षी नगरपालिकाको सभाहल एक कार्यक्रमका बीच छलफल तथा अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा विमाको महत्व, विमा प्राधिकरणको काम कर्तव्य अधिकार, जोखिम व्यवस्थापन, विमाका प्रकार, विमा शुल्क गणना, विमा रकम भुक्तानीका प्रकृया, उजुरी सम्बन्धी व्यवस्था लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रिया पछि सहभागीहरुले जिज्ञासा राखेका थिए। कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण नपाल विमा प्राधिकरण कोशी प्रदेसकी प्रमुख प्रिती शाहले गरेकी थिइन् ।

कार्यक्रममा विमाका शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे, लेखा शाखा प्रमुख प्रकाश योङहाङ्ग, जनप्रतिनिधिहरु, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, विमाका अधिकर्ताहरुको उल्लेखीय उपस्थिति रहेको थियो । कार्यक्रमका सञ्चालन कोशी प्रदेश विमा प्राधिकरणका कर्मचारी मिलन पोख्रेलले गरेका थिए ।












