काठमाडौँ । निर्वाचनमा जान आनाकानी गरीरहेको नेकपा (एमाले) अन्तत चुनावमा होमिने निश्चित भएको छ ।
नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको हो ।
आइतबार केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै एमालेका सचिव महेश बस्नेतले समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको जानकारी दिए । भने, बैठकका अध्यक्षबाट प्रस्तुत सबै नाममा आएका सुझाव समेटेर फेरि उहाँले नै टुङ्गाएर भोलि आयोगमा पेस गर्ने निर्णय भयो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












