झापा । झापाबाट समानुपातिक निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

सुरुमा १६ जनाले उम्मेदवारी दर्ता गराएकोमा दुई जनाले नाम फिर्ता लिएका छन्। नाम फिर्ता लिनेमा लीला खड्का र ज्योत्स्ना राजवंशी रहेका छन्।

नाम फिर्ता नलिने उम्मेदवारहरूमा विवेक तामाङ, शरद जोशी, शान्तिमाया न्यौपाने, सीता विश्वकर्मा, मनोज राजवंशी, भुपाल भण्डारी, भीम लम्जेल, रोहित न्यौपाने, गीताप्रसाद अधिकारी, लोकेशकुमार माझी, कुन्दन मुर्मु, अनिता नेपाली, नारायणप्रसाद दाहाल र विन्दु सिटौला रहेका छन्।

रास्वपाले कोशी प्रदेशका लागि समानुपातिकतर्फ २० जनाको कोटा निर्धारण गरेको छ। जसअन्तर्गत १० जना महिला समेट्ने गरी खस आर्य ६, आदिवासी जनजाति २, मधेसी २, दलित २ र थारु १ जनाको कोटा छुट्याइएको छ। यद्यपि, ती कोटामध्ये झापाबाट कति जना समेटिने भन्ने विषयमा टुंगो लागिसकेको छैन।

पार्टीको केन्द्रीय समितिले आन्तरिक प्रतिस्पर्धाका आधारमा उम्मेदवार छनोट गरी बन्दसूची निर्वाचन आयोगमा पेस गर्नेछ। फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले भोलिसम्म बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0