झापा । शिवसताक्षी नगरपालिका वडा नम्बर २ मा लागु औषध तथा दुव्र्यसनी नियन्त्रणका लागि मनिराज गुरुङ दिनेशको संयोजकत्वमा ५१ सदस्य वडा समिति गठन गरिएको छ।

शिवसताक्षी २ वडा कार्यालय परिसरमा वडा अध्यक्ष भीमबहादुर नेम्वाङको रोहबरमा जेष्ठ नागरिक भवनमा बुधबार लागु औषध नियन्त्रण सम्बन्धि सरोकारवालाहरुबिच अन्तरक्रियापछि समिति निर्माण गरिएको हो।

दुर्व्यसन रहित घर निर्माणका लागि लागु औषधको प्रयोगकर्ता,कारोवारीलाई निगरानी र पक्राउ गर्नका लागि प्रहरीलाई सूचना दिन सबै टोलको प्रतिनिधित्व हुने गरि समिति निर्माण गरिएको हो।

लागूऔषध दुर्व्यसनले शान्ति सुरक्षा र अमन चयनमा असर गर्नुका साथै विभिन्न आपराधिक घटना र दुर्घटनाहरू समेत वृद्धि भएको उल्लेख गर्दै यसको रोकथाम तथा नियन्त्रणको लागि प्रहरी अन्य सरोकारवाला निकाय र नागरिक समाजबीच समन्वय तथा सहकार्य गरी अगाडि बढ्नुपर्ने वडा अध्यक्ष नेम्वाङले बताए ।

लागु औषधमा युवाहरु फस्दै गएकाले अहिले देशै मै यो ठुलो समस्या र चुनौतीका रुपमा देखा परेको छ। यसको नियन्त्रण र न्युनीकरणका लागि सचेतना फैलाउनु आवश्यक रहेको देखिन्छ ।

साथी संगतको दबाब,एक अर्काको देखासिखी,अभिभावकको निगरानीको कमी,असफलता लगायतका कारणहरुले पनि बालबालिका तथा युवायुवतीहरु लागु औषधको सेवन गर्ने गरेको झिलझिले इलका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुवास केसीले बताए।

अन्तरक्रियामा वडा सदस्य यामबहादुर राई ,मंगलबारे प्रहरी चौकीका हवल्दार दिपक कार्की,मंगलबारे बजार समिति अध्यक्ष राजु दर्नाल,विभिन्न पार्टी प्रतिनिधिहरु शिक्षक तथा विद्यार्थीहरू,अभिभावकहरू,पत्रकार ,व्यवसायी,समाजसेवीहरू,स्वास्थ्यकर्मीहरू,विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू,मेडिकल संचालकहरू लगायत मंगलबारे प्रहरी चौकीका जवानहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0