शिवसताक्षी । झापा शिवसताक्षी ८ झिलझिलेमा रहेको पारीजात बहुउद्देश्यीय सहकारीे संस्थाले चौथो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न गरेको छ । आज सम्पन्न अधिवेशनबाट अध्यक्षमा पुनः पुष्पराज अधिकारी चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा चाहना लिम्बु, सचिवमा शिवराज राई, कोषाध्यक्षमा रेखा राई चयन भएको पारीजात बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ । त्यस्तै गरी सदस्यहरुमा एलिना राई, पर्वत खड्का, पवन मगर सर्वसम्मत चयन भएका छन् ।

२०७८ सालमा स्थापना गरेर सुरु गरेको संस्थाले आजसम्म आइपुग्दा ९९१ सदस्य पु¥याएको छ । जसको शेयर पुँजी ५० लाख४६ हजार ९०० पुगेको संस्थाको प्रतिवेदनमा उल्लेख छ। संस्थाले आर्थिक वर्ष २०८१÷०८२ मा १ करोड ५७ लाख २२ हजार १०० कुल निक्षेप रहेको छ । त्यस्तै १ करोड ४८ लाख ८६ हजार ७१० लगानी रहेको संस्थाका व्यवस्थापक सागर राईले जानकारी दिए ।
साधारण सभामा संस्थामा रहेर असल कारोबार गर्ने ४ जनालाई सम्मान गरिएको । असल बचत कर्ता तर्फ पुष्पा लुईटेल र विमल मावो, असल कारोबार तर्फ इन्दिरा दाहाल, असल बालबचत तर्फ सान्वी राईलाई सम्मान गरिएको थियो ।

उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथि शिवसताक्षी नगरपालिका वडा नं. १ का वडाध्यक्ष लक्ष्मी चेम्जोङ्गले सम्मान पत्र प्रदान गरे । प्रमुख अतिथि चेम्जोङ्गले वित्तीय संकटका बीच छोटो समयमा संस्थाले सदस्यहरुको मन जित्न सफल भएकोमा सबैलाई धन्यवाद दिए । उनले संस्था शेयर सदस्य, संस्थाका कर्मचारी, सञ्चालक समिति लगायत सबैले इमान्दारी भएर आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गरेमा मात्र सहकारीले सफलता पाउने र सदस्य र संस्था दुवैलाई फाइदा हुने बताए ।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष पुष्पराज अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका लेखा समिति सदस्य शिवराज राईले गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा वडा सदस्य एलिना राई, किसान साकोसका अध्यक्ष हरिशंकर शिलवाल र अतिथिका रुपमा सेभेनसिज बोडिङ स्कुलका प्रिन्सीपल दिपक कडरिया, सामाजिक व्यक्तित्व भगत राईलगायतको उपस्थिति रहेको थियो ।












