कनकाई । डाइनामिक पब्लिक लाइब्रेरी कनकाई (डिपिएल) को नयाँ कार्यसमिति औपचारिक रूपमा पदस्थापना गरिएको छ। पठन संस्कृतिको विकाससँगै सकारात्मक सोचयुक्त सुसंस्कृत युवा नेतृत्व भन्ने नाराका साथ स्थापना भएको डिपिएलको नयाँ कार्यसमिति हिजो आयोजित विशेष समारोहबीच पदस्थापना गरिएको हो।

वर्ष २०२५ का अध्यक्ष जेनिस चम्लागाँईले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै नवनिर्वाचित अध्यक्ष ओमबिक्रम नेम्वाङलाई जिम्मेवारी हस्तान्तरण गर्नुभयो। निर्वाचन प्रमुख कमल न्यौपानेले अध्यक्ष नेम्वाङलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो।

पद बहालीपछि अध्यक्ष नेम्वाङले वर्ष २०२६ का लागि कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सपथ गराउनुभयो। नवनिर्वाचित निर्देशकहरूमा अंकुर उप्रेती, तारा भण्डारी उप्रेती, लोकनाथ खतिवडा र मुना दाहाल रहेका छन्।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण पुरी, उपाध्यक्षमा शान्तिमाया लिम्बू र अर्विट कडरिया चयन भएका छन्। यस्तै, महासचिवमा रिजन तिम्सिना, कोषाध्यक्षमा सृजना लिम्बू चयन भएका छन्। अध्यक्ष नेम्वाङले लक्ष्मी अधिकारी र डिल्लीराम चापागाईं परदेशीलाई मनोनित सदस्यका रूपमा चयन गर्नुभएको छ।

पदस्थापना कार्यक्रममा कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, नेशनल प्यावसनका केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठ, डिपिएल नेपाल २०२६ का अध्यक्ष दुर्गाप्रसाद खतिवडा, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी तथा प्रमुख अतिथि कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको पहिलो सत्रको सञ्चालन २०२५ का महासचिव कृष्ण पुरीले गर्नुभएको थियो भने दोस्रो सत्रको सञ्चालन नवनिर्वाचित महासचिव रिजन तिम्सिनाले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0