झापा । झापा जिल्लाको अर्जुनधारा नगरपालिका–२ बेल्टारमा दिनदहाडै चितुवाको आक्रमणबाट एक स्थानीय घाइते भएका छन्।

बेल्टार निवासी रमेश खनाललाई आज पौष २६ गते बिहान करिब ११ः३० बजे मकैबारीमा काम गरिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको हो। प्रत्यक्षदर्शीका अनुसार मकैबारीमै लुकेर बसेको चितुवाले अचानक खनालमाथि आक्रमण गरेको थियो।

चितुवा करिब ६ फिट लामो र ४ फिट अग्लो रहेको स्थानीयले बताएका छन्। घटनास्थल खनालको घरबाट करिब ५० मिटरको दूरीमा रहेको जनाइएको छ। खनालले साहसपूर्वक प्रतिकार गरेपछि चितुवा टाङ्टिङ खोला तर्फ भागेको बताइएको छ।

घाइते खनालको अवस्था सामान्य रहेको र उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको स्रोतले जनाएको छ।

दिनदहाडै जङ्गली जनावर गाउँमा प्रवेश गरी आक्रमण गर्ने घटना बढ्दै गएको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। साथै, सम्बन्धित निकायलाई चितुवा नियन्त्रण र स्थानीयको सुरक्षाका लागि आवश्यक कदम चाल्न माग गरेका छन्। स्थानीय प्रशासनले पनि सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0