इटहरी । निर्वाचन बहिष्कारको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठन र छ कम्युनिस्ट पार्टीहरूले भोलि उपत्यका बन्दको आह्वान गरेका छन्। सोही आह्वानलाई समर्थन गर्दै आज इटहरीमा राँके जुलुस निकालिएको छ।

इटहरीका विभिन्न क्षेत्रमा निकालिएको राँके जुलुसमा करिब १२ जना कार्यकर्ता सहभागी थिए। जुलुसका क्रममा सहभागीहरूले निर्वाचन प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै नारा लगाएका थिए।

आयोजक पक्षका अनुसार वर्तमान निर्वाचन प्रणाली जनताको हितविपरीत रहेको भन्दै त्यसको विरोधस्वरूप बन्द तथा विरोध कार्यक्रम घोषणा गरिएको हो।

जुलुस शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कुनै अप्रिय घटना नभएको स्थानीय प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0