युके । झापाली समाज यू.के. को नयाँ कार्यसमिति गठन गरिएको छ ।

आइतबार भएको साधारण सभा तथा अधिवेशनबाट टंकप्रसाद भट्टराईको अध्यक्षतामा १५ सदस्य नयाँ कार्य समिति गठन भएको हो । जसको तीन उपाध्यक्षहरुमा गुरु इजम, लोकनाथ अधिकारी र भुपाल कार्की सर्वसम्मत चयन भएका छन् । त्यस्तै महासचिवमा देवीप्रसाद गौतम, सचिवमा गौरव कन्दंवा लिम्बु, कोषाध्यक्षमा छवि कार्की र सह कोषाध्यक्षमा कृष्ण फेम्बु रहेका छन् ।

त्यसैगरी अधिवेशनले सदस्यहरुमा सन्तोष तिम्सिना, नगेन्द्रप्रसाद खरेल, देवीमाया लिम्बु, रोशन सिंम्खडा, एल.एन. घिमिरे, हस्तबहादुर लिम्बु, कृष्ण चापागाईँ सर्वसम्मत चयन भएको झापाली युके समाजले जनाएको छ ।

कार्यक्रम निवर्तमान अध्यक्ष अर्क तिम्सिनाको अध्यक्षमा भएको थियो भने अन्तराष्ट्रि झापाली समाजका उपाध्यक्ष नविन पोखरेललगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0