काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोल सम्हालेकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै कार्यबाहक प्रमुखको डंगोल जिम्मेवारी पाएकी छिन् ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यबाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वतस् उपमेयरले कार्यबाहक पाउने व्यवस्था ऐनमा छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। मेयर शाहले आज दिउँसो पदबाट राजीनामा दिएका हुन्। मेयर शाहले आजदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। मेयर शाहले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












