काठमाडौँ ।  निर्वाचन आयोगले जेनजी आन्दोलनबारे बीबीसीले बनाएको डकुमेन्ट्री हटाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज काउन्सिललाई पत्र पठाइएको जानकारी दिए।

बीबीसीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका भिडियो क्लीपसँगै गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको दावी गरेको छ।

बीबीसीले नेपाली र अंग्रेजी दुवै भाषामा भिडियो रिपोर्ट आज सार्वजनिक गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0