काठमाडौँ । नेकपा एमालेले संसदमा आफूलाई एक सजग ‘वाचडग’को रूपमा प्रस्तुत गर्ने संकल्प गरेको छ।

संसदीय दल नेता चुनिएसँगै नेता रामबहादुर थापा ‘बादल’ले पार्टीले प्रतिपक्षको भूमिकालाई सहर्ष स्वीकार गरेको र सदनमा सरकारका कामकारबाहीमाथि कडा निगरानी राख्ने बताएका हुन्।

एमालेले सदनलाई मात्र नभई सडक र अदालतको मोर्चालाई पनि उपयोग गर्दै जनताका मुद्दा उठाउने बताएको छ। बिहीबारको संसद मुख्यतः परिचय र बधाई साटासाट गर्नै भएकाले संसद चल्न दिने बताए।

थापाले आफ्ना आवाज दृढतापूर्वक राख्ने बताए। ‘भोलिको सदन मुख्यतः परिचय र बधाई साटासाट गर्ने कार्यक्रम भएकोले हामीले कुनै अवरोध नगर्ने निर्णय गरेका छौँ’, उनले भने, ‘सदन चल्न दिन्छौँ, तर हाम्रा आवाजहरू र प्रश्नहरू भने दृढतापूर्वक उठाउनेछौँ।’

सरकारलाई जवाफदेही बनाउन र आफ्ना घोषणापत्रका प्रतिबद्धताहरू पूरा गराउन एमालेले सदनमा रचनात्मक तर आक्रामक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0