झापा । झापाको बिर्तामोडस्थित पाथिभरा सिने प्लाजाले चलचित्रप्रेमी दर्शकलाई लक्षित गर्दै विशेष सहुलियत योजना सार्वजनिक गरेको छ।
सिनेमा हलमा पुगेर चलचित्र हेर्ने दर्शकको संख्या पछिल्लो समय घट्दै गएपछि नयाँ रणनीतिस्वरूप प्लाजाले अब हरेक साताको मङ्गलबार र बुधबार सञ्चालन हुने सबै शोका टिकटमा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो।
दर्शकहरूले ती दुई दिन चलचित्र हेर्दा टिकटको आधा शुल्क मात्र तिर्नुपर्नेछ। व्यवस्थापनका अनुसार यस अफरले बढीभन्दा बढी दर्शकलाई हलसम्म आकर्षित गर्ने र नेपालीसँगै विदेशी चलचित्र हलमै हेर्ने संस्कृतिलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
पाथिभरा सिने प्लाजाले दर्शकलाई गुणस्तरीय चलचित्र अनुभव प्रदान गर्दै समय–समयमा विभिन्न आकर्षक अफर र सहुलियत योजना ल्याउँदै आएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












