काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले सहमतिमा तयार पारेको एकीकृत प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा वितरण गर्न माग गरेका छन् ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी बैठकको दोस्रो दिन मंगलबार धारणा राख्दै कार्यदलका सदस्यसचिवसमेत रहेका पोखरेलले कार्यदलले सहमति गरेर तयार पारेको प्रतिवेदन बैठकमा ल्याउन अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका हुन् ।
‘पार्टीलाई अघि बढाउने हो भने त्यो प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ,’ पोखरेलले भने, ‘अबको एमाले कस्तो बनाउने भन्ने कुरा तल्ला तहबाट आएका सुझाव समेटेर ल्याइएको प्रतिवेदनमा छ । त्यसैले यो प्रतिवेदन बैठकमा ल्याउन अध्यक्षज्यूलाई आग्रह गर्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












