हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको ईभी दुर्घटनामा ज्यान गुमाउने थप तीन जनाको पहिचान खुलेको छ ।

प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार खोजीका क्रममा सर्लाहीको शुक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय र अन्दाजी १७ वर्षीय सुधेश यादव मृत अवस्थामा फेला परेका हुन् ।

मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी सडकबाट करिब ५०० मिटर तल खस्दा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनाका बेला चालकसहित २० जना सवार थिए । दुर्घटनामा छ जना घाइते भएका छन् ।

यसअघि पहिचान खुलेका ११ मृतकमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का करिब ३० वर्षीय चालक रविशंकर कुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका १० जना छन् ।

सुन्दरपुरका मृतकमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीय पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनुकुमारी यादव, अन्दाजी ३५ वर्षीय गुड्डु यादव, ३० वर्षीया गायत्री देवी, २५ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0