झापा । चारआली व्यारेकस्थित अरिदमन गणका एक सैनिक झुन्डिएको अवस्थामा फेला परेका छन् ।
अरिदमन गणमा कार्यरत प्यूठ रामकुमार पौडेलले बिर्तामोड बसपार्कस्थित होटल भैरवीमा बिहीबार साँझ झुन्डिएको अवस्थामा फेला परेका हुन्।
ओखलढुङ्गा घर भएका उनले अर्जुनधारा ११ स्थित नयाँ बसपार्कको भैरबी होटलको दोस्रो तलामा रहेको कोठा नं. ३ को सिलिङ फ्यानमा झुण्डिएका हुन्। उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।
होटलका संचालक तुलसीराम श्रेष्ठले देखेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका थिए।
आत्महत्या गर्नुअघि ती सैनिकले फेसबुकमा सुसाइड नोट लेखेको बताइएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












