झापा । पाँचथरको फिदिममा शंकास्पद वस्तु फेला परेको छ ।

हिजो साँझ ६ः५० बजे फिदिम नगरपालिका –६ शिवा बस्ने ४० वर्षीय भुपाल तुम्रोकको ढुङ्गा माटोको गारो जस्ताको छानो रहेको २ तल्ले घरको माथिल्लो तल्लाको गारो सेप्टीमा गोलो डल्लो ग्रिनेड जस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो ।

आज बिहान वीर दल गणबाट नेपाली सेनाको बम डिष्पोजल टिम घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0