xr:d:DAFhdlDCpbw:1435,j:4195510760487332985,t:23103106

काठमाडौं । काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।

बौद्धस्थित एक घरको कोठामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।

मृत्यु हुनेमा काभ्रे चौरीदेउराली–३ घर भएकी ६५ वर्षीया उर्मिला तामाङ रहेको प्रहरीले जनाएको छ ।

मृतक शारीरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको बोहराले बताए ।

आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रुपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीलेका अनुसार, घटनाबारे थप बुझ्ने काम भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0