काठमाडौं । घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका गुप्ताले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिनका लागि राजीनामा दिएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर स्पष्टीकरण मागेसँगै गुप्ता राजीनामासहित बालुवाटार पुगेका थिए। अडिओ प्रकरणको फरेन्सिक परीक्षण सुरु भइसकेको छ भने अनुसन्धानका लागि नियामक निकायहरूलाई पत्राचार गरिने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र कर्मचारी सरुवामा लाखौं घुसको डिलसम्बन्धी अडिओ सार्वजनिक भएको थियो। चौतर्फी दबाबपछि गुप्ताले राजीनामा दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0