नेपाली क्रिकेट टिमले वेस्ट ईन्डिजलाई हराउँदै ईतिहास कायम गर्न सफल भएको छ । दुबईको शारजाहमा आजबाट चलेको युनिटि कप अन्र्तगत नेपालले वेस्ट ईन्डिजलाई १९ रनले हराउन सफल भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १४८ रन बनाउन सफल भएको थियो । नेपालका ओपनरले खराब सुरुवात गरेता पनि कप्तान राहित पौडेल र रोहित मल्लले ५८ रनको साझेदारी खेलेपछि नेपालको पारि सम्हालिएको थियो ।

नेपालको तर्फबाट रोहित पौडेलले ३८ , कुशल मल्ल ३०, गुल्शन झा २२ र दिपेन्द्र सिंह ऐरीले १७ रनको महत्वपुर्ण योगदान दिएका थिए ।

जवाफमा ब्याटिङमा आएको वेस्ट ईन्डिजलाई सुरुबाट नै नेपाली बलरहरुले दबाबमा राख्न सफल भए । ५ रन बनाउँदा भुतेलको हातबाट काईल रन आउट भएपछि विकेट झर्न सुरुभएको थियो ।

३२ रनमा दोस्रो , ४७ मा तेस्रो , ५३ मा चौथो, ६८ मा पाँचौ, ७६ मा छैठौँ, गुमाएको थियो । नेपालको तर्फबाट कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट , नन्दन यादव १ ओभर ६ रन १ विकेट, ललित राजवंशी २ ओभर ६ रन १ विकेट , रोहित पौडेल ३ ओभर २० रन १ विकेट , करन केसी ३ ओभर १७ रन १ विकेट , दिपेन्द्र सिंह ऐरी ३ ओभर २० रन १ विकेट लिएका थिए ।

अन्त्यमा वेस्ट ईन्डिज २० ओभरको समाप्तीमा जम्मा १२९ रन मात्र बनाउन सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0