झापा । बैङ्किङ कसुरमा संलग्न रहेको आरोपमा झापाको बिर्तामोड नगरपालिका–२ चारपानेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४२ वर्षीया प्रिती थापा रहेकी छन् । उनलाई हिजो साँझ बिर्तामोड–५ स्थित बीएण्डसी अस्पताल नजिकैबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाको पत्र आदेशका आधारमा बैङ्किङ कसुर सम्बन्धी चालु मुद्दाका प्रतिवादी थापालाई पक्राउ गरी थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1