काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा अध्यक्ष पदका प्रतिस्पर्धीद्वय केपी शर्मा ओली र वरिष्ठ ईश्वर पोखरेलले मतदान गरेका छन्।

एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा जारी चुनावमा उनीहरूले विद्युतीय भोटिङ मेसिनमार्फत मत हालेका हुन्।

ओली र पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्। मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो ।

एमाले नेतृत्वका लागि वर्तमान अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्।

आजको चुनावबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीमा पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चुनिँदै छन्।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलसहित ६ सय ५० हाराहारी उम्मेदवार छन्। तर यसबीच कतिपय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0