काठमाडौँ । नेपाल ट्रस्टको दरबारमार्गस्थित दुई रोपनी जग्गा लिजमा दिने निर्णय हुँदा ठगी भएको घटनामा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आज मुद्दा दायर गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को प्रतिवेदनका आधारमा सरकारी वकिलले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की र थमसेर्कु डेभलपर्सका सञ्चालक सोनाम शेर्पामाथि ठगी र आपराधिक लाभमा मुद्दा चलाइएको हो। सोही अनुसार, बुधबार मुद्दा दायर भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0