काठमाडौँ । नेकपा (एमाले) ले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान सुरु गर्न आग्रह गरेको छ ।
बिहीबार सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनले यससम्बन्धी प्रस्ताव पारित गरेको हो । प्रस्तावमा विगतमा राज्यका उच्च राजनीतिक र प्रशासनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न पनि माग गरिएको छ ।
प्रस्तावबारे जानकारी गराउँदै केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले दोषी देखिएकाहरूलाई कानुनबमोजिम कारबाही गर्न आग्रह गरे । उनले अख्तियारप्राप्त निकायलाई आवश्यक निर्णय लिन आह्वान गरिएको बताए ।
एमाले सुशासन, पारदर्शिता र स्वच्छताको पक्षमा रहेको भन्दै प्रश्न उठेपछि सार्वजनिक पदबाट राजीनामा दिने र अभियोजन भएपछि कानुनी सफाइ नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गर्ने परम्परा रहेको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












