बिर्तामोड । नेकपा एमाले झापाले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई विरोध पत्र बुझाएको छ । आज भद्रपुरस्थित ट्रेड युनियन चोकमा भेला भई एमालेले सरकार विरुद्ध नारावाजी गर्दै विरोधपत्र बझाएको हो ।

सयौंको संख्यामा उपस्थित एमालेले सरकारको चर्को विरोध गर्दै पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाईको माग गर्दै विरोध पत्र बुझाएको हो । एमाले झापाका अध्यक्ष प्रेम गिरीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई विरोध पत्र बुझाएका हुन् ।

विरोध पत्र बुझाउदैं अध्यक्ष गिरीले वर्तमान सरकारले पार्टी अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गरेको पक्राउलाई गैरकानुनी, पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेकाले बताएका थिए । उनले भने ‘यो कदम लोकतान्त्रिक मूल्यमान्यता र विधिको शासन विपरीत छ ।’ तत्काल यो कमदबाट सरकार पछि नहटे आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्दै अघि बढ्ने छौं, उनले भने ।

विरोध पत्र बुझ्दै प्रजिअ गेलालले सरकारलाई उक्त विरोध पठाउने प्रतिवद्धता जनाए । पार्टीका केन्द्र, प्रदेश, जिल्ला र नगरका नेताहरुको उपस्थितिमा विरोध पत्र बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0