शिवसताक्षी । प्रजातन्त्र दिवसमा झापाको शिवसताक्षीको दुधे बजारमा साँझ दीप प्रज्ज्वलन गरिएको छ ।

सतासीधाम जेसीजको आयोजनामा ७५ औं प्रजातन्त्र दिवसको अवसरमा शिवसताक्षीको दूधेमा शान्तिका लागि दीप प्रज्ज्वलन गरिएको हो ।

दीप प्रज्ज्वलको क्रममा नेपाल रेडक्रस उपशाखा शिवसताक्षीका सभापति गोविन्द काफ्लेले एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा स्वरुप प्रजान्तत्र दिवस मनाउने गरेको बताए । प्रजातन्त्र आएपछि मानिसको आधारभूत आवश्यकता गाँस, बासँ, कपासको व्यवस्थाका लागि दर्विलो आधार तयार हुने अपेक्षा गरिए पनि नेपालमा त्यस्तो नदेखिएको सभापति काफ्ले बताए ।

त्यस्तै सतासीधाम जसीजका वर्ष २०२५ का अध्यक्ष पदमजंग  कुँवरले प्रजातन्त्र प्राप्तीका लागि शहीदहरको त्याग बलिदनबाट आज अवस्था आएको बताए । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । उनले भने, राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।

कार्यक्रममा सतासीधाम जेसीजका पदाधिकारीहरु लगायत जेसीजका पूर्व अध्यक्षहरु विनोद खरेल, महेन्द्र थापा, कमल सेन्चुरी, कुमारसिं साँवा, अर्जुन भट्टराई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सतासीधाम जेसीज २०२५ का महासचिव मञ्जिल नेपालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0