बिर्तामोड । बिर्तामोडको अदुवा पुलमा एक युवक माथि आज दिउँसो निर्घात कुटपिट भएको छ । रक्ताम्य हुनेगरी कुटपिटमा संलग्न तीनजनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

मापसे गरेका युवाहरुबीच झगडा भएको हुन सक्ने बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनीहरु साथी–साथी हुन् जस्तो छ, इलाका ल्याएका छौं, सोधपुछ गर्दैछौं ।’

प्रहरीले पनि ३ जनालाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

कुटपिटमा संलग्नहरु प्रहरी देख्नासाथ भागेका थिए । उनीहरुलाई नियन्त्रणमा लिइएको छ, सोधपुछ गरेर प्रक्रिया अघि बढाइनेछ, डिएसपी विष्टले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0