झापा। मोरङ्ग भारी वर्षा भएको छ । पश्चिमी वायुका साथै स्थानीय वायु पनि सक्रिय भएपछि देशका केही ठाउँमा वर्षा हुन थालेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा हल्का, मध्यमदेखि अति भारी वर्षा भएको छ । विभागका विभिन्न स्टेशनमध्ये मोरङको केराबारी स्टेशनमा अत्यधिक वर्षा मापन भएको छ । केराबारीमा ४०१.२ मिलिमिटर मापन भएको छ ।

केराबारिमा भएको मापन भारी वर्षा हो । २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ । यस्तो वर्षाका कारण आकस्मिक बाढीको जोखिमसमेत हुन्छ ।
यस्तै गत २४ घण्टामा सप्तरीको रुपनी बजारमा मध्यम वर्षा भएको छ । त्यहाँ ३६ .४ मिलिमिटर वर्षा भएको हो । सप्तरीकै बरमझियामा १९।६ मिलिमिटर पानी परेको छ । मकवारपुर र र प्यूठानमा पनि मध्यम वर्षा भएको छ । सिन्धुली, दोलखा र कास्की लगायतका जिल्लामा हल्का वर्षा भएको विभागले जनाएको छ ।
आज पनि देशभर मौसम बदली भएको छ । कोशी प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।












