बिर्तामोड । बिर्तामोड नगरपालिकाको आयोजना र बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा आजदेखि अतिथि सदनमा ‘बिर्तामोड रोजगार मेला’ सुरु भएको छ।

नगर प्रमुख पवित्रा महतारा प्रसाई र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले रिबन काटेर मेलाको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेललगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

रोजगार मेलामा डीडी सेक्युरिटी, रिलाएबल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, झापा प्राविधिक शिक्षालय, होटल व्यवसायी संघ, नेपाल भेनियर उद्योग संघ, बिर्तामोड जब सेन्टर, महिला उद्यमी समूह, ग्रिल तथा स्टिल व्यवसायी संघ, रोजगार नेपाल, नेपाल औषधि व्यवसायी संघ, इगल इन्टरनेसनल, कम्प्युटर एसोसिएसन नेपाल (क्यान) झापा, फायरउड वर्कर्स, त्रिशक्ति जब सेन्टर, निर्माण व्यवसायी संघ, डाइनामिक बिजनेस, मोबाइल एसोसिएसन, नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी), कनकाई एग्रो इन्जिनियरिङ, नेपाल कर सहयोगी श्रमिक संगठन, एमसीएचएस फर्म इन्डस्ट्रिज, अलैंची व्यवसायी संघ, गुडलक फ्लावर संघ तथा नागरिक सामुदायिक अस्पताल लगायत रोजगारदाताका स्टलहरू रहेका छन्।

यसैगरी, रोजगार सेवा केन्द्र, प्राथमिक उपचार केन्द्र र सोधपुछ कक्षलगायतका सेवा सम्बन्धी स्टलहरू पनि सञ्चालनमा रहेका छन्।

मेलाका अवसरमा उद्योगी–व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको छ। पहिलो अन्तरक्रिया कार्यक्रम उद्योगी नविन गट्टानी र वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेसँग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0