काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदमाअसिम शाह, हरि ढकाल र निशा डाँगी विजयी भएका छन्।

पार्टीको महाधिवेशनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनको सार्वजनिक मत परिणामअनुसार असिम शाह र हरि ढकाल खुला सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् भने महिला सहमहामन्त्री पदमा निशा डाँगी विजयी भएकी छन्। निर्वाचन समितिले परिणाम सार्वजनिक गर्दै तीनै जनाको जित औपचारिक रूपमा घोषणा गरेको हो।

रास्वपाभित्र संगठन विस्तार, नीतिगत बहस र पार्टीको भावी रणनीति तय गर्न सहमहामन्त्री पदलाई महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिन्छ। त्यसैले यस पदका लागि भएको प्रतिस्पर्धा पार्टीभित्र मात्रै होइन, बाहिर पनि निकै चासोका साथ हेरिएको थियो।

निर्वाचित तीनै जना पार्टीभित्र सक्रिय, ऊर्जाशील र संगठन निर्माणमा भूमिका खेल्दै आएका नेताका रूपमा परिचित छन्। उनीहरूको विजयसँगै पार्टीको संगठनात्मक संरचना थप बलियो बन्ने र आगामी राजनीतिक अभियानलाई थप गति मिल्ने अपेक्षा गरिएको छ। रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै पार्टीलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0