शिवसताक्षी । महाशिवरात्रीको अवसरमा शिवसताक्षीका सबै शिवालयहरुमा पुजा आरधाना गरिएको छ । शिवसताक्षीको प्रशिद्ध चिल्लागढधाममा विहान पुजा अर्चना गरिएको थियो भने, हिजो मंगलबारदेखि नै मेला लागेको छ ।

मेलाको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले गरेका थिए । चिल्लागढधाममा आज विभिन्न समुदायका भेषभुषा सहित झाँकी नाच, जातिय संस्कृतिसहितको नृत्य प्रर्दशन गरिएको छ ।

शिवालय तथा मेलामा आउने भक्तजनहरुलाई सतासीधाम जेसीजले माक्स तथा पानी वितरण गरेको छ । गर्मी मौसम सुरु भएकाले भेला भर्न तथा चिल्लागढधाम आउने सबै मानिसहरुलाई माक्स तथा पिउने पानी वितरण गरिएको सतासीधाम जेसीजका वर्तमान अध्यक्ष पदमजंग कुँवरले जानकारी दिए । त्यस्तै चिल्लागढ धाम परिसरमा रहेको भिमेश्वर शिवालय मन्दिरमा विहान देखि नै दर्शन गर्नेको भीड लागेको थियो ।

मेला कार्यक्रममा आज बेलुकी स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रदर्शन रहने चिल्लागढधाम पर्यटन विकास समितिले जनाएको छ ।

आज शिवसताक्षीमा प्रशिद्ध तीर्थ स्थल सताक्षीधामको शिवालय मन्दिर पनि विहानदेखि नै भक्तजनहरुको भीड लागेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका सचिव कालीप्रसाद रिजालले जानकारी दिए ।

त्यस्तै शिवसताक्षी नगरपालिका वडा नं. ११ को पञ्चकन्या मन्दिर, शिवपाञ्चायन मन्दिरमा पनि विहानदेखि नै पुजा आर्चना गरिएको थियो । नगरका ११ वटै वडाका शक्ति पीठहरुमा शिवरात्रीमा भक्तजनहरुको भीड लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0