शिवसताक्षी । शिवरात्रीको अवसर पारेर झापाको प्रसिद्ध तीर्थस्थल चिल्लागढधाममा नवनिर्मित संत्सग भवनको उद्घाटन गरिएको छ ।

नवनिर्मित भवनको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले उद्घाटन गरेका हुन् ।

चिल्लागढधामको भिमेश्वर शिवालय मन्दिरका लागि स्थानीय समाजसेवी तुलसादेवी ओलीले निर्माण गरिएको भिमेश्वर शिवालय मन्दिर समितिले जनाएको छ । शिवरात्रीको अवसर पारेर उक्त भवन चिल्लागढ धाम व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।

६८ वर्षीया तुलसादेवी ओलीले आफ्ना श्रीमान् यज्ञराज ओली (गोपाल) को प्रेरणामा करिब ७ लाख रुपैयाँ खर्चेर सय जना भक्तजन अट्न सक्ने उक्त भवन निर्माण गरिदिएकी हुन् । ३० फिट लम्बाई र २५ फिट चौडाई रहेको हलमा धार्मिक तथा सामाजिक कार्यक्रमहरू सहज रूपमा गर्न सकिने भिमेश्वर शिवालय मन्दिरका अध्यक्ष दिननाथ खतिवडाले जानकारी दिए ।

कार्यक्रममा नगर प्रमुख थोप्राले ओलीद्वारा गरिएको योगदानको प्रशंसा गर्दै सामाजिक सेवामा नागरिकको सहभागिता महत्वपूर्ण हुने बताए । उनले भने, “यस्ता कामले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्छ । धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्न यो भवन उपयोगी हुने विश्वास लिएको छु ।”

उक्त अवसरमा उपप्रमुख नरमाया कार्कीले सामाजिक सेवामा तुलसादेवी ओलीको योगदान अतुलनीय रहेको बताइन् । उनले भनिन्, “समाज परिवर्तनका लागि उहाँले पु¥याउनु भएको योगदान प्रशंसनीय छ । स्थानीय सरकार यस प्रकारका सकारात्मक कार्यमा सधैं सहकार्य गर्न तयार छ ।”

ओलीले यसअघि पनि समाज रूपान्तरणका लागि विभिन्न सामाजिक कार्य गर्दै आएकी छन् । आफूले आर्जन गरेको आम्दानीको दशांश समाजसेवामा खर्च गर्दै आएकी ओलीले झापाभित्र र बाहिरका धार्मिक तथा पर्यटकीय स्थल, सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई लत्ताकपडा, खाद्यान्न, शैक्षिक सामग्री, खेलकुद सामग्री वितरण गर्दै आएकी छन् ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । सत्संग भवन उद्घाटनपछि शिव भजनकीर्तन गर्दै नाचगान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0