बाके । बाँकेको राप्ती सानारी गाउँपकािल वडा नंं. ७ का अल्लृु पासीको घरमा जन्ती जना लागेका आफ्न्त र छिमेकीहरु मलामी जानु परेको छ ।

उल्लु पासीका जेठा छोरा २३ वर्षीय अर्जुन पासीको बिहे शनिबार हुँदै थियो। जन्ती जाने पाहुनाहरू शुक्रबार नै जम्मा भएर बसेका थिए।

अर्जुनको भारतको उत्तर प्रदेशको जागर गाउँमा जन्ती जानुपर्ने थियो। शनिबार साँझ ५ बजे जन्ती हिँड्ने भनिएको थियो।

एक्कासी अर्जुनको दुर्घटनामा परी मृत्यु भएपछि घर मात्रै होइन गाउँमा नै सन्नाटा छायो । जन्ती जना तयार भएका छिमेकी र आफन्त मलामी जानु पर्यो ।

अर्जुनले आफ्नै वडाका एकजनासँग १७ हजार रूपैयाँ लिनुपर्ने रहेछ। विवाहमा हुने खर्चमा भरथेग हुन्छ भनेर त्यही पैसा लिन उनी शुक्रबार साँझ मोटरसाइकल चढेर गए। पैसा लिएर फर्किँदै गर्दा उनी घर पुग्न पाएनन्।

फर्किँदै गर्दा ट्याक्टरले ठक्कर दिएछ। बाँकेका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हिमराज विकका अनुसार अर्जुन सवार मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ट्रयाक्टरले ठक्कर दिएको थियो।

फत्तेपुर प्रहरी चौकीका प्रमुख असई लोकबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल पुग्दा अर्जुन गम्भीर अचेत थिए। त्यहाँबाट उद्धार गरी प्रहरीले भेरी अस्पताल पुर्‍यायो। बेलुकी साढे ८ बजे चिकित्सकले अर्जुनलाई मृत घोषणा गरे ।पोस्टमर्टमपछि शनिबार मात्रै परिवारले उनको शव पायो।

शनिबार विवाह हुने भनिएको घरमा अहिले सन्नाटा छाएको छ। जन्ती जान आएकाहरू मलामीमा परिणत हुनुपर्ने दुःखद घटना भएको छ। पूरै गाउँ शोकमा डुबेको छ।

‘विवाह उत्सवको उत्सालपूर्ण माहोलमा एकाएक सन्नाटा छाएको छ,’ मलामी गएर आएका वडाध्यक्ष रामलखन थारुले भने ‘ जन्ति जान तयारी गरिरहेकाहरु मलामीमा परिणत हुनुपर्ने हृदयविदारक क्षण उत्पन्न भएको छ।’

बिबाहको अन्तिम तयारीको उल्लासमा रुवाबासी र शोक थपिएको वडाध्यक्ष थारुले बताए।

‘यतिखेर राप्ती नदी किनारको भेलुनियामा केबल रोदन र चित्कार मात्रै छ,’ उनले भने ‘ बिबाहको उल्लासपूर्ण माहोल यस्तो कारुणिक बन्न पुग्दा कस्को आँखा नरसाउन्।’

वडाध्यक्ष थारुका अनुसार बिहनीहरुको बिहे भइ सकेको छ। अब घरमा अर्जुनका ११ वर्ष जतिका एक भाइ छन्।

ठक्कर दिने ट्रयाक्टरका चालक फरार रहेको खोजी भइ रहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0