शिवसताक्षी । माझी समुदायको मुख्य ठूलो चाड कोशी पूजा (लदी पूजाा)को अवसरमा शिवसताक्षी नगरपालिकाले स्थानीय विदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले स्थानीय संस्कृति र पहिचानको सम्मान गर्दै माझी समुदायको कोशी पूजाको अवसरमा नगरपालिकाले एक पत्र जारी गर्दै फागुन २० गते स्थानीय विदा गरेको जानकारी गराएको छ ।
नगरपालिकाले अत्यावश्यक सेवा बाहेक नगरपालिका अन्तर्गतका सबै कार्यालयहरु, शैक्षिक संस्था तथा संघ संस्थाहरुमा विदा दिइको जनाइएको छ ।
शिवसताक्षीको दक्षिणी क्षेत्रमा माझी सामुदायहरुको बसोबास रहेको छ । लदी पुजाको अवसरमा माझी समुदायले कनकाई नदिको किनारमा वर्षेनी कार्यक्रम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












