काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोट गर्ने समिति गठन गरेको छ ।

पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन भएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् ।

उनका अनुसार, समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैद्धिक, टासी ल्हाजोम र जनकसिंह धामी सदस्य रहेका छन् ।

सबै प्रदेशलाई समावेश गर्नेगरी समिति बनाइएको प्रवक्ता खरेलले बताए । उक्त समितिमा सातै प्रदेशका सभापतिहरू पदेन सदस्य रहने व्यवस्था रहेको पनि उनले बताए ।

अन्य केही सदस्य मनोनयन हुन बाँकी रहेको बैठकपछि प्रवक्ता खरेलले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0