शिवसताक्षी । प्रकृति पुजक माझी समुदायले परम्परागत रुपमा मनाउँदै आएको (लदी) पुजा यस वर्षपनि झापाको पर्यकीय क्षेत्र दोमुखामा धुमधामका साथ मनाइएको छ ।

नेपाल माझी उत्थान संघ जिल्ला समिति झापाको आयोजनामा पर्यकीय क्षेत्र दोमुखा स्थित कनकाई नदिको तटमा सामुहिक रुपमा पानीलाई तान्त्रिक विधिद्धारा पूजा गर्दै लदी पुजा मनाएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले लदी पुजा माझी समुदायको मात्र नभई यो सबै जात जातिको रहेको बताए । नेपालीहरुको मौलिक पर्वहरु सबै जाति समुदायहरुले मनाउन थालेको बताउँदै नगरप्रमुख थोप्राले नेपालीको मौलिक पर्वलाई विश्व सामु चिनाउनु पर्ने बताए । समाजमा सानो रुपमा रहेको समुदायहरुलाई माथि उठान सबै लाग्नु पर्ने उनको भनाई थियो ।

प्रत्येक वर्ष फागुनको तेस्रो मंगलबारका दिन नदीमा भेला भएर जलदेबीको पूजा गरिने नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमितिका अंगध्वज माझीले बताए। उनले पुजामा पाँच वटा ढुङ्गाको देवी स्थापना गरी केराको पातमाथि अक्षता, सिक्का, लड्डु, फलफुलमा रङ्गहरु दलेर दियोसहित जलदेवीलाई पूजा गरिने जानकारी दिए । माझी समुदायमा पशुको बलि गरेर पनि पूजा गर्ने परम्परा छ। आर्थिक क्षमता बलियो भएकाले राँगा, भैसी, सुँगुर र कुखुरा बलि दिन्छन भने केहिले सुद्ध फलफूलवाट पूजा गर्ने गरेको उनले बताए।

कार्यक्रममा कनकाई नदिको किनारमा कोशी अर्थात लदी पुजा गरिएको थियो । माझी समुदायले पुख्र्यौली पेशाको रुपमा रहेको ढुंगा चलाउने कामलाई स्मरण गर्दै कार्यक्रममा ढुंगा समेत प्रर्दशनीमा राखिएको थियो ।

कार्यक्रममा माझी समुदायको भेष भुषा, नदिमा जाल हान्ने लगायत पुख्र्यौली पेशाहरुलाई पनि समावेश गरिएको थियो । यता झापाको शिवसताक्षी नगरपालिकाले लदी पुजाको अवसरमा शिवसताक्षीमा स्थानीय विदा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0