शिवसताक्षी । ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शिवसताक्षी – ४ को स्वास्थ्य केन्द्र निशुल्क स्वास्थ्य शिशिर सञ्चालन गरिएको छ । अखिल नेपाल महिला संघ शिवसताक्षीको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविरमा २ सय बढीले स्वास्थ्य परीक्षण गराएका छन् ।

अखिल नेपाल महिला संघ केन्द्रिय कमिटी उपाध्यक्ष मेनुका काफ्लेले उद्घाटन गरेर सुरु गरिएको स्वास्थ्य शिविरमा ६५ जना सुगर प्रेसर जाँच गरिएको अखिल नेपाल महिला संघ कोशी प्रदेश कमिटी सदस्य गोमा रिजालले जानकारी दिइन् ।

उद्घाटनका क्रममा बोल्दै उपाध्यक्ष काफ्लेले नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन रहेको बताइन् । उनले नारी दिवसका दिन विशेष महिला दिदीबहिनीहरुले रचनात्मक काम गरेर मनाउने गरिएको छ । उनले भनिन् शिवसताक्षीका महिला दिदी बहिनीहरुले नारी दिवसका मनाउन विशेषज्ञ डाक्टरहरुलाई ल्याएर शिवसताक्षीका दक्षिण क्षेत्रमा रहेका विपन्न समुदायहरुको नागरिकहरुको स्वास्थ परिक्षण गराएकोमा अनेम संघ नगर कमिटीले धन्यवाद दिन चाहान्छु ।

स्वास्थ्य शिविरमा प्रसुती गृह काठमाण्डीकी हाल निम्स अस्पताल दमकमा कार्यरत डा. अन्जु मण्डल सहित अर्थोपेडि, फिजिसियन डाक्टरहरुको पाँच जनाको टोलीले सहजीकरण गरेको अखिल नेपाल महिला संघ शिवसताक्षीकी अध्यक्ष कोपिला चिमोरिया मैनालीले जानकारी दिइन् । सगुर र प्रेसर जाँचका लागि शिवसताक्षी नगरकी स्वास्थ्यकर्मी अन्जु सापकोटाले सहजीकरण गरेकी थिइन् ।
कार्यक्रममा भने प्रदेश सांसद राधाकृष्ण खनालको उपस्थिति तथा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, अखिल नेपाल महिला संघ झापा जिल्ला अध्यक्ष लीला दाहाल, नेकपा एमाले नगर इचार्ज चन्द्रकुमार शेर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटनमा कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला संघ शिवसताक्षीका सचिव चन्द्रकला सापकोटाले गरेकी थिइन् ।












