बिर्तामोड । विद्यार्थीलाई मदिरा बेचेको अभियोगमा प्रहरीले झापाको बिर्तामोडबाट एकजना होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ३ का ४६ वर्षीय कुमार बस्नेत रहेका छन् ।

बिर्ता बजारस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयको कक्षा नौ मा अध्ययनरत किशोरी विद्यार्थीलाई मदिरा बेचेको अभियोगमा बस्नेतलाई पक्राउ गरिएको हो । उनीहरूले विद्यालय पोशाकमै मदिरा किनेका थिए ।

तीनजना छात्र र तीनजना छात्राले मदिरा सेवन गरेको र मातेर एकजना विद्यार्थी सिकिस्त भएको जनाइएको छ ।शिक्षकमार्फत प्राप्त भएको जानकारीका आधारमा घटनास्थल पुगेको प्रहरीले बस्नेतलाई नियन्त्रणमा लिएको हो । बस्नेत स्थानीय ब्रदर होटलका सञ्चालक हुन् ।

प्रहरीले अभिभावकको जाहेरीका आधारमा बस्नेतलाई अभद्र व्यवहार शीर्षकमा मुद्दा चलाउने तयारी गरेको छ। त्यसका लागि अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डीएसपी प्रकाश बिष्टले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0