शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखामा ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर ३ जना महिलालाई सम्मान गरिएको छ ।

शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा शिवसताक्षी १० स्थित दोमुखामा भएको अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम शिवसताक्षीका कार्यरत तीन विद्यालयका महिला प्रधानाध्यापकलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा अरुणोदय आधारभूत विद्यालयकी प्रधानाध्यापक तारा लावती, श्रीजंग आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जुकुमारी गौली र जनता आधारभूत विद्यालयकी प्रधानाध्यापक गीता भट्टराई रहेका छन् ।

ृउनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्हाङफेलगायतले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा म्युजिकल चियर, हण्डी फोर, महिला अधिकार सम्बन्धि कविता बाचन प्रतियोगिता भएको थियो । प्रतियोगितात्मक कार्यक्रमका विजेताहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले पुरस्कार प्रदान गर्नु भयो । कार्यक्रममा नगर प्रमुख थोप्राले महिलाहरुको हक र अधिकारको विषयमा चर्चा गर्नु भएको भने े सम्पूर्ण महिला दिदीबहिनीहरुलाई शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाङ्फे, वडाध्यक्ष विष्णु प्रसाई, सतासी महिला मौरीपालन सहकारी संस्थाकी व्यवस्थापक देवी दाहाल, वडाध्यक्ष लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

महिला दिवसको अवसरमा अन्तरक्रियात्मक कार्यक्रमको सहजीकरण सञ्चार कर्मी तथा महिला अधिकार भिमा शिवाकोटीले गर्नु भएको थियो ।

यसै बीच नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाले सोही कार्यक्रम २ जना लाई सम्मान गरेको छ । सोही कार्यक्रममा रक्तदाता खनीमाया श्रेष्ठ र अम्बिका भट्टराईलाई सम्मान गरेको नेपाल रेडक्रस सोसाइटीले उपशाखा शिवसताक्षीले जनाएको छ ।

कार्यपालिका सदस्य यसोदा विमलीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत महिला तथा बालबालिका शाखाकी प्रमुख देविना पराजुलीले गर्नु भएको थियो भने सञ्चालन नगर स्तरीय महिला समितिको उपाध्यक्ष कोपिला चम्लागाईले गर्नु भएको थियो । कार्यक्रममा नगरका २ सय बढी महिला दिदी बहिनीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0