शिवसताक्षी । झापाको दूधेमा रहेको दुधे आयुर्वेद औषधालयले स्नपायी आमाहरुका लागि एक दिने अभिमुखीकरण तथा दुग्धवर्धक औषधी वितरण गरेको छ ।

आज शिवसताक्षी ११ दूधे औषधालयमा स्तनपायी आमा तथा शिशुको स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तर्गत अभिमुखीकरण तथा औषधि वितरण गरेको हो ।

अभिमुखीकरणमा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले एलोपेथिक पद्धति भन्दा आयुर्वेदिक पुरानो दिगो रहेको बताए । दिर्घ रोग, निको नहुने रोग लगायत स्तन आमाहरु नवजात शिशुका लागि आयुर्वेद निकै प्रभावकारी बन्ने गरेको नगर प्रमुखको जानकारी दिए । नगरपालिकाले नगरका सबै वडाहरुमा आयुर्वेद पद्धतिबाट उपचार सेवा पु¥याउन कार्यक्रमहरु गर्दै आएको नगरप्रमुख थोप्रालेको भनाई थियो ।

एक दिने अभिमुखीकरण तथा औषधि वितरण कार्यक्रमा २ सय १५ स्तनपायी आमाहरुलाई दुग्धवद्र्धक औषधि वितरण गरिएको दुधे आयुर्वेदका निरिकक्षक तथा कविराज राजेन्द्र पोख्रेलले जानकारी दिए । उनका अनुसार औषधालयले सतावरी चुर्ण, ज्वानो चुर्ण र दशमुल तेल वितरण गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष बहादुर आङ्गबो, श्री राष्ट्रिय रमणीय माविका प्रधानाध्यपक गिरीराज लिम्बु लगायतले शुभकामना मन्तव्य राखेका थिए । अभिमुखीकरणको सहजीकरण निरिक्षक तथा कविराज राजेन्द्र पोख्रेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0