माइधार । झापाको शिवसताक्षी नगरपालिका वडा नं १० माइधारमा रहेको ऐलानी जग्गा विवादले उग्र रुप लिएको छ । स्थानीय रामप्रसाद थपलियाले आफ्नो घरमा निर्माण गर्न कम्पाउण्ड वाल निर्माणका काम अघि बढाएपछि जग्गा विवाद बढदै गएको हो । आज थपलिा परिवारले पत्रकार सम्मेलन गरेरै आफु अन्यायमा परेको जानकारी गराएका छन् ।

थपलिया परिवारले शिवसताक्षी नगरपालिकाले निर्माण गर्दै गरेको पर्खाल नबाउन र भोगचलन नगर्न पत्र पठाएपछि थपलिया परिवार पिडीत आरोप लगाएका छन् ।

बि.सं. २०२५ सालमा फडानी गरेर ०३२ सालदेखि धुरीकर तिर्दै आएको र सो भोतभोग गर्दै आएको जग्गामा नगरले निर्माण कार्य रोक लगाएको थपलियाकी छोरी हरिमाया थपलियाले बताइन् । २ कठ्ठा १७ धुर जग्गा आफुले जोतभोग गरिरहेको र त्यसलाई पर्खाल लगाएको उनको भनाई छ ।

थपलिया परिवारले कम्पाउण्ड वाल निर्माण गर्न थाले पछि स्थानीय बेनुप्रसाद संग्रौलासहित तीन जनाले उक्त जग्गामा आफ्नो पर्ने भन्दै नगरपालिकाको न्यायिक समिति निवेदन दिएका थिए । नगरपालिकामा निवेदन परेपछि थपलिया परिवारलाई निर्माण गर्दै गरेको काम रोकेर सबै पक्षसँग छलफलमा बस्न पत्र पठाएको उपप्रमुख तथा न्यायिक समितिकी संयोजक नरमाया कार्कीले जानकारी दिइन् । उनले भनिन् जग्गामा विवाद देखिएपछि त्यसको निकासका लागि निर्माण गर्दै गरेको काम रोकेर छलफलमा बस्न आग्रह गरेका हौं । तर दुवै पक्ष छलफल गर्न तयार भएको देखिदैन । आज सम्म यस विषयमा छलफल भएको छैन ।

शिवसताक्षी नगरपालिका वडा नं। १० का वडा सदस्य तथा न्यायिक समितिका सदस्य दिपक पोख्रेलले उक्त जग्गा विवाद पुरानो भएको बताए । यो जग्गा विवाद धेरै पुरानो हो । उनले भने, अघिल्लो कार्याकालको जनप्रतिनिधिहरुले समेत उक्त जग्गा विवाद मिलाउन धेरै प्रयत्न गर्नु भएको थियो । तर दुवै पक्ष सहमतिमा आउन सकेनन् । हाल विवादित भएको ऐलानी जग्गा दुवै पक्षले भोगचलन गरेको भने देखिएको थिएन । हाल थपलिया परिवारले वाल लगाउने सुरु गरेपछि फेरी विवाद बल्झिएको हो ।

नगरपालिकाले छलफलका लागि पत्र पठाएँगै रामप्रसाद थपलिया बिरामी भएर हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आइसियुमा उपचाररत रहेका उनकी छोरी हरिमाया थपलियाले बताइन् । ‘यो क्षेत्रमा सवै ऐलानी जग्गामै बसेका छन्’ हरिमायाले भनिन् ‘सवैले भोतभोग गरेको जग्गा सुरक्षित गर्न पर्खाल लगाएका छन्, तर, हामीले पर्खाल लगाउँदा केही ब्यक्तिले नगरमा निवेदन हालेर दुःख दिएका छन् ।’

थपलियाकी अर्की छोरी मनिषा थपलियाले आफुले भोतभोग गर्दै आएको जग्गामा निर्माण कार्य गर्दा केही ब्यक्तिहरुले धम्काउने हुँदा हुँदै नगरलेसमेत पत्र पठाएको बिषयप्रति आपत्ति जनाएकी छिन् । उनले नगरले पक्कै न्याय दिनेमा आफु आशाबादी रहेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0